बारा-२ मा यादवविरुद्ध उम्मेदवारी दिन्छौं : राउत


 


बारा, चैत्र ९
जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने बताएका छन् ।

जनमतले संघमा नेकपा (माओवादी केन्द्र) र मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेतृत्वको सरकारलाई साथ दिएको छ।

बाराको कलैयास्थित सिद्धेश्वर संस्कृत मा. वि.को खेलकुद मैदानमा पार्टीले बुधबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले उपनिर्वाचनमा उम्मेदवारी दिने बताएका हुन् ।आज बारा जिल्लाको कलैयामा जनमत पार्टीको बृहत् पार्टी प्रवेश तथा आम सभा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा. सीके राउत ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमक‍ो सभापतित्व केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज ओमप्रकाश साह ज्यूको रहेको थियो भने जनमत पार्टी बाराका निवर्तमान जिल्ला सचिव विजय गुप्ताले कार्यक्रम उदघोषन गर्नुभएको थियोे । उक्त बृहत् पार्टी प्रवेश कार्यक्रममा बारा जिल्लाका प्रभावशाली नेता शिवनाथ पटेल र प्रभुनाथ पटेल ज्यूको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी एक हजार भन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन ।

यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामहायप्रसाद यादव उपराष्ट्रपति बनेका छन् । उक्त खाली क्षेत्रबाट चुनाव लडेर संसद् छिर्ने दाउमा जसपा अध्यक्ष उपेन्द्र यादव छन् । सप्तरी-२ मा मंसिर ४ मा भएको निर्वाचनमा यादवलाई पराजित गर्दै राउत प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । ‘उपेन्द्र यादव ‘फिरंगी’ हुन्,’ राउतले भने, ‘सप्तरीका जनताले जसरी हराए, त्यसरी नै बारामा पनि हराउनु पर्छ ।’

जनमत पार्टी यहाँ नजितेसम्म परिवर्तन नहुने उनले बताए । ‘पार्टीबाट उम्मेदवारी कसैले रोक्न सक्दैन्,’ उनले भने । निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेसँगै राउतले बारा आएर यादवविरुद्ध यस्तो अभिव्यक्ति दिएका हुन् ।

उपेन्द्र यादव आफैं मन्त्री बन्ने लालसाले पार्टीबाट कसैलाई सरकारमा पठाउन नचाहेको उनको आरोप छ । उनले आफूलाई सत्ता गठबन्धनभित्र उपप्रधानमन्त्रीको अफर आइरहेको खुलासासमेत गरे । ‘मलाई उपप्रधामन्त्रीको ‘अफर’ आएको छ । तर इन्कार गरेको छु,’ उनले भने, ‘सरकार बनेको तीन महिनाको अवधिमा गठबन्धनका कुनै पार्टीका शीर्ष नेताले मधेसको बारेमा चर्चा र चिन्ता गरेका छैनन् ।

आज बारा जिल्लाको कलैयामा जनमत पार्टीको बृहत् पार्टी प्रवेश तथा आम सभा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा. सीके राउत ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमक‍ो सभापतित्व केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज ओमप्रकाश साह ज्यूको रहेको थियो भने जनमत पार्टी बाराका निवर्तमान जिल्ला सचिव विजय गुप्ताले कार्यक्रम उदघोषन गर्नुभएको थियोे । उक्त बृहत् पार्टी प्रवेश कार्यक्रममा बारा जिल्लाका प्रभावशाली नेता शिवनाथ पटेल र प्रभुनाथ पटेल ज्यूको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी एक हजार भन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन ।

प्रकाशित मिति: ९ चैत्र २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्