टिकटक प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिकको पहुँच छ : सीईओ चेउ



काठमाडौं, चैत्र १२
टिकटकका प्रमुख कार्यकारीले प्रयोगकर्ताको डेटामा चीनमा रहेका कम्पनीका प्राविधिकहरुको पहुँच रहेको स्वीकार गरेका छन् । अमेरिकी कंग्रेसमा जवाफ दिन पुगेका चिनियाँ भिडियो सेयरिङ साइट टिकटकका प्रमुख कार्यकारी सीईओ शोउ जी चेउले प्रयोगकर्ताको डेटामा चीनमा रहेका प्राविधिकको पहुँच रहेको स्वीकार गरेका हुन् ।

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ऊर्जा तथा वाणिज्य समितिको सुनुवाईका लागि टिकटकका सिइओलाई बोलाइएको थियो, सिंगापुरका नागरिकसमेत रहेका उनले स्वीकार गर्दै भने, हामी विश्वव्यापी अन्तरसञ्चालनमा आधारित छौँ र चीनमा पनि हाम्रा प्राविधिकहरू छन् । त्यसैले हो चिनियाँ इन्जिनियरसँग विश्वव्यापी डेटाको पहुँच रहेको छ ।’

अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउनेबारेमा विचार गरिरहेका बेला उनको यस्तो बयान आएको हो । उनको जवाफबाट अमेरिकी प्रतिनिधिहरू विश्वस्त हुन भने अझै सकेका छैनन् ।

सुनुवाइका क्रममा टिकटकको डेटामा चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको समेत पहुँच रहेको अमेरिकी प्रतिनिधिहरूले आरोप लगाएका थिए तर उनले जवाफमा आफूले कम्पनीको जिम्मेवारी सम्हालेदेखि चिनियाँ कम्युनिस्ट पार्टीका कुनै पनि प्रतिनिधिले आफूसँग सम्पर्क नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News