खालिस्तान अभियन्ता अमृतपाल आत्मसमर्पण गर्न तयार, राखे ३ सर्त


 


एजेन्सी, चैत्र १६
स्वतन्त्र खालिस्तान राज्यको माग गर्दै आएका भारत पन्जाबका अमृतपाल सिंहले आत्मसमर्पणका लागि ३ वटा सर्त अघि सारेका छन् ।

भारतमा दुई हप्तादेखि सर्वाधिक खोजी गरिएका सिंहले भिडियो सन्देश जारी गर्दै आत्मसमर्पणका लागि सरकार समक्ष ३ वटा सर्त राखेका हुन् ।

भारतको पञ्जाव प्रान्तलाई छुट्टै स्वतन्त्र खालीस्तान राज्य बनाउनुपर्ने मुद्दालाई पुनः उठाएर नेता सिंह चर्चामा आएका छन् । उनले राखेका शर्तमा प्रहरी हिरासतमा कुटपिट गर्न नपाइने, आफूलाई पञ्जावकै जेलमा राखिनुपर्ने र आत्मसमर्पणलाई पक्राउ भन्न नपाइने सर्त राखेका हुन् । ‘वारिस पञ्जाव दे’ नाम संगठनका प्रमुख रहेका ३० वर्षीय सिंह यहि मार्च १८ देखि फरार भएका छन् ।

सिंह भारतको उत्तराखण्ड हुँदै नेपाल प्रवेश गरेको र अहिले नेपालमै लुकेर बसेको आशंका भारतीय सुरक्षाकर्मीले गरेको छ । नेपालस्थित भारतीय राजदूतावासले नेपालमै हुनसक्ने आशंका गर्दै परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको सार्वजनिक भइसकेको छ।

प्रकाशित मिति: १६ चैत्र २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्