सिद्धार्थ बैंकको सातै प्रदेशमा ‘ग्लोबल मनि विक’ वित्तीय साक्षरता कार्यक्रम


 


काठमाडौं, चैत्र १६
सिद्धार्थ बैंकले ग्वोबल मनि विक २०२३ विभिन्न कार्यक्रम गरी मनाएको छ । ‘ग्लोबल मनि विक’ २०२३ को थिम ‘प्लान योर्र मनि, प्लान्ट योर्र फ्युचर’ र ग्लोबल मनि विकको स्थायी नारा ‘लर्न, सेभ, अर्न’लाई सार्थक बनाउने प्रयासस्वरुप बैंकले देशको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

देशभरका कुल ९८ वटा विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । जसमा दुुई हजार ११८ जना महिला र दुई हजार ७२ जना पुरुष गरी कुल चार हजार १९० जनाको सहभागिता रहेको थियो ।

यसै गरी बैंकले सामाजिक सञ्जालको माध्यमबाट वित्तीय चेतना जोगाउने उद्देश्यले फेसबुकमा सात दिन दैनिक क्विज प्रतियोगिता र टिकटकमा “बैंकमा बचत गर्नुका फाइदाहरु” को शीर्षकमा भिडियो कन्टेस्ट आयोजना गरेको थियो । उक्त दुबै प्रतियोगिताहरुमा उल्लेख्नीय सहभागिता समेत रहेको थियो ।

बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहुँच पु¥याउने र हरेका वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरु सञ्चालन गरेको हो । उक्त कार्यक्रमहरुबाट वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने हेतुले वार्षिक रूपमा मनाइने साप्ताहिक अन्तर्राष्ट्रिय अभियान “’ग्लोबल मनि विक’ २०२३ ”को उद्देश्यहरुलाई प्राप्त गर्न मद्दत पुगेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्