आज मन्त्रिपरिषद्‌ विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड, ३ बजे शपथ



काठमाडौं, चैत्र १७
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गदैंछन् ।

१० दलीय गठबन्धनको बिहीबारको बैठकमा जुटेको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

आज दिउँसो ३ बजेसम्म नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण गराउने गरी तयारी भइरहेको बताइएको छ । बिहीबार बसेको गठबन्धनको बैठकले मन्त्रालयहरुको भागबण्डा टुंग्याएको थियो ।

कांग्रेसबाट पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने निश्चित भइसकेको छ । खड्कालाई उपप्रधानसहित रक्षा पठाउने चर्चा कांग्रेसमा छ ।

हालसम्मको सहमतिमा नेपाली कांग्रेसले ८‚ नेकपा माओवादी केन्द्रले ५‚ एकीकृत समाजवादी पार्टीले २, जसपाले २, लोसपाले १, जनमतले १, नागरिक उन्मुक्तिले १, नेसपाले १ र आम नागरिक पार्टीले १ मन्त्रालय पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News