एनएमबि बैंकको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजदेखि निष्कासन


 


काठमाडौं, चैत्र २१
एनएमबि बैंकले आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र निष्काशन गरेको हो ।

यसमध्ये २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो ।

जसमध्ये ४५ हजार कित्ता ऋणपत्र बाँडफाँड गरिएको छ । एनएमबि बैंकले १० वर्ष अवधिको ‘एनएमबि डिबेन्चर १०.७५ प्रतिशत – २०८९/९०’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.७५ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल गर्नेछ ।

यस ऋणपत्रमा चैत २४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने २०८० वैशाख ५ गतेसम्म खुला रहनेछ ।

न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्