फिल्म फ्लप हुँदा आत्महत्या गर्न खोजेको भारतीय कमेडियन कपिलको खुलासा


 


एजेन्सी, चैत्र २३
भारतीय कमेडियन एवं अभिनेता कपिल शर्मा आइतबार ४२ औं जन्मदिन मनाइरहेका छन् ।

कपिलले आफ्नो रियालिटी शो ‘द कपिल शर्मा शो’ मार्फत मानिसहरूलाई मनोरञ्जन गर्ने गरेका छन् । भारतका साथै अन्य देशमा पनि उनको ठूलो फ्यान फलोइङ छ । ५ सय भारतीय रुपैयाँबाट आफ्नो करियर सुरु गरेका कपिलको कुल सम्पत्ति आज करिब ३सय करोड भारतीय रुपैयाँ रहेको छ ।

कपिल कमेडि उद्योगको एउटा यस्तो व्यक्ति हुन्, जो लोकप्रियता र स्टारडममा धेरै ठूला सेलिब्रेटीभन्दा अगाडि छन् । तर उनको अहिलेसम्मको यात्रा उतारचढावले भरिएको छ । बाबुको निधनपछि परिवारको जिम्मेवारी कपिलको काँधमा आयो । उनी पहिलो कमेडी शोको अडिसनबाट अस्वीकृत भए, त्यसपछि त्यही तेस्रो सिजनको कपिल विजेता बने । यसपछि उनले कमेडीमा सफलताको सिँढी चढिरहे ।

भारतीय सञ्चार माध्यमका अनुसार कपिलको जन्म भारतको अमृतसरमा भएको थियो । उनका बाबु जितेन्द्र कुमार पञ्जाब प्रहरीमा हेड कन्स्टेबल थिए र आमा जनक रानी गृहिणी थिइन् । कपिलले सानै उमेरमा काम गर्न थालेका थिए । कपिलले दिएको एक अन्तर्वार्तामा उनले आफूले धेरै साना काम गरेको बताएका छन् । प्रारम्भिक चरणमा, उनी पीसीओ बुथमा काम गर्थे । त्यहाँ काम गरेबापत ५ सय भारतीय रुपैयाँ पाउथे । त्यसपछि उनले कपडा मिलमा काम गर्न थाले । यहाँ उसले महिनाको ९ सय भारतीय रुपैयाँ कमाउने गर्थे ।

कपिललाई सानैदेखि गायक बन्ने रहर थियो । तर, पछि उनी थिएटरमा लागे र विभिन्न ठाउँमा अभिनय गर्न थाले । उनले थिएटर गरेर धेरै लोकप्रियता पाए, जसका कारण उनले अमृतसरको कलेजमा निःशुल्क भर्ना समेत पाएका थिए ।

कपिलको बहिनीको विवाह पैसाका कारण स्थगित भएको थियो । कपिलले लाफ्टर च्यालेन्जको जितबाट पाएको १० लाख पुरस्कारमा बहिनीको विवाह गराए । ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ जितेपछि कपिलले पछाडि फर्केर हेर्नुपरेन । उनी छोटे मियाँ, इलक देखा जा र कमेडी सर्कस जस्ता धेरै कमेडी शोको हिस्सा बनेका थिए ।

धेरै लोकप्रियता पाएपछि कपिलले प्रोडक्सन हाउस के ९ सुरु गरे । यस प्रोडक्सन हाउसमा उनले गरेको पहिलो शो ‘कमेडी नाइट्स विथ कपिल’ थियो । यो शोलाई लिएर उनी निकै विवादमा पनि परे, त्यसपछि उनको शो बन्द भयो । शो बन्द गर्नुको कारण भने हालसम्म खुलाइएको छैन । यसपछि उनले सोनीमा आफ्नो नयाँ शो ‘द कपिल शर्मा शो’ मार्फत कमब्याक गरे । जुन हाल आत्याधिक मन पराइएको शो बनेको छ ।

सन् २०१५ मा, कपिलले फिल्म ‘किस किस को प्यार करूँ’ बाट बलिउडमा डेब्यू गरेका थिए । यसपछि उनी सन् २०१७ मा ‘फिरंगी’ मा र अभिनेताको रुपमा कम गरेका थिए । उनका दुवै फिल्म बक्सअफिसमा फ्ल्प भएको थियो ।

कपिलले यो असफलता सहन सकेन, जसका कारण उनी डिप्रेशनमा गए । फिल्म रिलिज हुनुअघि पनि उनको अवस्था खासै राम्रो थिएन । जसका कारण उनले रक्सी पिउन थाले । अवस्था यति नाजुक बनेको थियो कि उनले आत्महत्या गर्ने सोच्न थालेको अन्तर्वार्तामा बताएका छन् । कपिलले पछिल्लो समय फिल्म ‘ज्विगाटो’ मा काम गरेका थिए । यो फिल्म पनि बक्सअफिसमा फ्ल्प भयो । उनी समय समयमा विवादमा तानिने गरेका छन् । ‘कपिल शो’ मा गरेका कमेडिका कारण उनी विवादमा तानिने गरेका छन् ।

कपिल र गिन्नीले १२ डिसेम्बर २०१८ मा जालंधरमा विवाह गरेका थिए । विवाहको केही समयपछि एक छोरी र एक छोराका बाबुआमा बने । कपिलले एक वर्षमा १५ करोड रुपैयाँ आयकर तिर्छन् । अर्कोतर्फ, कपिलको पञ्जाबमा एउटा आलिशान फार्म हाउस छ, जसको लागत २५ करोड भारतीय रुपैयाँ रहेको छ । कपिल मुम्बईमा जुन अपार्टमेन्टमा बस्छन् त्यसको मूल्य १५ करोड भारतीय रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: २३ चैत्र २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्