अमेरिकाको चर्चमा बर्षौंसम्म सयौं बालबालिकामाथि यौन शोषण


 


एजेन्सी, चैत्र २४
अमेरिकाको मेरील्याण्ड राज्यको एउटा चर्चमा बर्षौंसम्म बालबालिकाको यौन शोषण भएको खुलासा भएको छ ।

मेरिल्याण्ड राज्यको बाल्टीमोरस्थित सबैभन्दा पुरानो रोमन क्याथोलिक चर्चमा सन् १८४० देखि विभिन्न १५६ जना पादरीहरुले ६ सय बढी बालबालिकाको यौन शोषण गरेको खुलासा भएको हो ।

मेरिल्याण्डका महान्यायाधीवक्ताले तयार पारेको पाँच सय पेज लामो प्रतिवेदनमा हरेक पादरीले चर्चमा बालबालिकाको यौन शोषण गरेको उल्लेख छ ।

बालबालिकामाथिको यौन शोषण लुकाउन चर्चले करोडौं डलर खर्च गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्