अभिनेत्री प्रियंका चोपडा जोन सीनासँग फिल्म खेल्दै



एजेन्सी, चैत्र २४
भारतीय अभिनेत्री प्रियंका चोपडाले रुसो ब्रदर्सको वेब सिरिज ‘सिटाडेल’ रिलिजअघि अमेजन स्टुडियोबीच पुनः सहकार्य गरेकी छन्।

यस पटक प्रियंकाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा डब्लुडब्लुई च्याम्पियन जोन सीनासँग काम गर्दैछिन् । उक्त फिलमको छायांकन आगामी मे महिनादेखि सुरु हुने छ ।

प्रियंकाले यस फिलमको घोषणा सामाजिक सञ्जालबाट गरेकी हुन् । प्रियंकाले जोन सिना र इद्रिस एल्बासँग काम गर्न लागेको उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत तस्वीरपनि सार्वजनिक गरेकी छन्

कथा वस्तुबारे नखुलाइएको यस फिल्ममा सफारान कम्पनीका पिटर सफ्रान र जोन रिकार्ड निर्माता रहेका छन् ।

प्रियंका अहिले आफ्नो आगामी वेब सिरिज ‘सिटाडेल’ को प्रमोशनमा व्यस्त छिन् । यसको प्रमोसनका लागि उनी भारत आएकी छिन् । अमेजन स्टुडियोको यो श्रृंखला अप्रिल २८ मा रिलिज हुने छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News