एनआईसी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाल राष्ट्रपतिबाट सम्मानित


 


काठमाडौं, चैत २
एनआईसी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा प्रतिष्ठित उद्योगी व्यवसायी जगदीश प्रसाद अग्रवाल राष्ट्रपतिबाट सम्मानित हुनु भएको छ ।

नयाँ वर्षको अवसरमा उहाँलाई राष््टपतिले ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान गर्नुभएको छ । संविधान दिवसको अवसरमा घोषित उक्त सम्मानित विभूषण राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजित सुशोभन समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गर्नु भएको हो ।

६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा खटिदै एक सफल उद्योगी व्यवसायीको स्थापित हुनुभएका अग्रवालले कुशल व्यवसायीक रणनीतिकार एवम् उत्कृष्ट व्यवस्थापकको रुपमा अनुकरणीय उद्यमशिलता मार्फत राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्याउदै आउनु भएको छ ।

उहाँ यस बैंकको पूर्व अध्यक्ष हुनुको साथै हाल विशाल गु्रपको अध्यक्ष पनि हुनुहुन्छ । उहाँले मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एण्ड स्टिल इन्टरनेसल प्रा. लि. कमला रोलिङ मिल्स प्रा. लि. तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै आउनु भएको छ ।

साथै, उहाँले बैंक, बीमा कम्पनी र अन्य वित्त कम्पनी मार्फत आम सर्वसाधारणको बैंकिङ्ग तथा बीमा पहुँच अभिवृद्धि गर्ने लगायत समग्र अर्थतन्त्र र आम जनमानसको वृहत्तर हितको लागि विशिष्ट योगदान पुर्याउदै आउनु भएको छ ।

प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्