गोली हानी यसरी गरियो उत्तर प्रदेशका पूर्वसांसदको हत्या [हेर्नुस् भिडिओ]


 


एजेन्सी, वैशाख ४
भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ ।

प्रयागराजस्थित एक अस्पताल अगाडि पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली हानिएको थियो ।

एएनआईद्वारा सार्वजनिक भिडिओमा उनीहरू प्रहरीको गाडीबाट उत्रिएर प्रहरीसँगै हिँड्दै गरेको देखिन्छ ।

अतिकमाथि पछाडिबाट कसैले सपधा टाउकोमा गोली हानिएको दृश्य क्यामरामा कैद भएको छ। अतिक दाजुभाइमाथि दुई जनाले गोली हानेका थिए ।

प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्