मलाई अगाडि बढ्नै दिइएन: समीक्षा अधिकारी


 


काठमाडौं, वैशाख ४
गायिका समीक्षा अधिकारीमाथि अझै पनि निरन्तर रूपमा अमानवीय व्यवहार रोकिएको छैन।

कुनै एक मुद्दाको विषयलाई लिएर एक वर्ष भन्दा लामो समयदेखि अधिकारीमाथि गाली गलौज र चरित्र हत्या भइरहेको हाे । अधिकारीले बारम्बार आफ्ना पोस्टमा नकारात्मक कमेन्ट नगर्न अनुराेध गर्दै आएकी छन् । तर हरेक पोस्टमुनि कतिपयले गालीयुक्त कमेन्ट गर्ने गर्न छाडेका छैनन् ।

सामाजिक सञ्जालमा निरन्तरको गाली गलौज नरोकिएपछि गायिका अधिकारीले फेरी याचना गरेकी छन् । आफ्नो हकमा बाहिर देखाइएको भन्दा वास्तविक कथा फरक रहेको उनको तर्क छ ।

आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत अधिकारीले फरक ढंगबाट देखाइएको कथामा विश्वास गरेर आफूलाई अगाडि बढ्नै अवरोध गरिएको गुनासाे गरेकी छन् । उनी पीडित भनिएको एक मुद्दाका कारण सामाजिक सञ्जालमा १ वर्ष यता निरन्तर गाली गलौज भइरहेको छ ।

अभियुक्तले सफाई पाएर मुद्दा टुंगिसकेको छ । तर पनि साेही मुद्दाकाे विषयलाई लिएर सामाजिक सञ्जालमा आफूमाथि गालीको वर्षा नरोकिएपछि समीक्षाले यस्ताे गुनासाे गरेकी हुन् । कुनै पनि घटना कथा वस्तुको वास्तविकता अर्कै हुने उनकाे भनाइ छ ।

तर देखाउँदा त्यसलाई फरक ढंगले देखाइने उनले बताएकी छन् ।

गायिका अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा यस्ताे लेखेकी छन् :

प्रकाशित मिति: ४ बैशाख २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्