एउटै माउका पाँच पाठापाठी !


 


इलाम जेठ २७

एउटा माउ बाख्राले कतिवटा पाठा पाउँछ होला। जो कोहीले भन्ने गर्छन्, दुईवटा बढीमा तीनवटा तर आमचोकमा मङ्गलबार बिहान बाख्राले पाँचवटा पाठापाठी जन्माएको छ।

आमचोक– ५ मा बेदप्रसाद लामिछानेले पालेको स्थानीय जातको बाख्राले पाँचवटा पाठापाठी पाएको हो। बाख्राले पाँचवटा पाठापाठी जन्माएपछि हेर्न आउनेको भीड लागेको छ।

बाख्राले चारवटा पाठा र एउटा पाठीलाई जन्म दिएको हो। पाँचवटै पाठापाठी सकुशल रहेको लामिछानेले बताए। 

पाठापाठीलाई माउको दूधले नपुगेर दूधदानीबाट गाईको दूध खुवाउन थालिएको छ। गाउँमा यसरी बाख्राले पाँचवटा पाठापाठी पाएको पहिलो पटक देखेको स्थानीयवासी लक्ष्मण घतानीले बताए। रासस

प्रकाशित मिति: २७ जेष्ठ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्