सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग


 


काठमाडौं, वैशाख ८
सिद्घार्थ बैंक लिमिटेडले काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई आँखा शल्यक्रियाको लागि रु. पाँच लाख बाह्र हजार पाँच सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

सो रकम बैंकका तर्फबाट त्रिपुरेश्वर सर्कल अफिस प्रमुख अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गर्नुभएको हो ।

बैंकबाट प्राप्त उक्त सहयोग रकम नेपाल आँखा अस्पतालले काभे्रपलाञ्चोक, धादिङ्ग, नुवाकोट र रसुवा जस्ता दुर्गम क्षेत्रका मोतिबिन्दु रोगीहरुको पहिचान गरि उहाँहरुको आँखा शल्यक्रिया गर्नका लागि उपयोग गर्नेछ ।

सो सहयोगबाट आर्थिक स्थिति कमजोर भएर मोतिबिन्दु रोगको उपचार गर्न नपाइरहनुभएका विरामीहरुको दृष्टि सुधार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।

प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्