‘दि फेमस’ आगामी शुक्रबार बाट



the-feकाठमाडौं, कात्तिक २९

समिर बलामीको निर्देशनमा तयार फिल्म ‘दि फेमस’ हेर्न वालवालिकाले अभिभावकको साथ लिनु पर्ने भएको छ । फिल्ममा एटिएम गर्ल सविना कार्की लिड अभिनयमा छिन् । सविनाको फिल्मलाई सेन्सर वोर्डले पिजी सर्टिफिकेट प्रदान गरेको हो ।

फिल्ममा समावेश द्वन्द्वात्मक दृश्यले गर्दा ‘दि फेमस’ले पिजी सर्टिफिकेट पाएको बताईन्छ । फिल्म यो शुक्रबार अर्थात मंसिर ३ बाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

फिल्ममा सविनासँगै प्रमोद खड्का, सोनिया जिआर, सुमन थापा लगायत लिड अभिनयमा छन् । फिल्ममा समावेश केहि गीत पुर्णतः एनिमेशन गरिएका छन्, जसलाई निर्माण टिमले नयाँ प्रयोग भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News