कति छ सुजाताको सम्पत्ति ?



sujata-koiralaकाठमाडाैं, कार्तिक २९

स्तन क्यान्सर भएपछि कांग्रेस नेतृ सुजाता काेइरालाले उपचारका लागि सरकारलार्इ एक कराेड रकम माग गरिन् । उनले भने जति नै त सरकारले दिएन तर ५० लाख भने दियाे ।

रकम माग गर्दा देखी नै उपचार खर्च दिनु हुँदैन भनेर सर्वत्र विराेध भयाे । विराेधका बााबजुत सरकारले अाइतबार ५० लाख रकम दिने निर्णय गर्याे । रकम दिने निर्णयसँगै सरकार र सुजाताकाे विराेध सर्वत्र भएकाे छ ।

स्वर्गिय पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद काेइरालाकी सुपुत्री समेत रहेकी सुजाता साँच्चै गरिब हुन् ? के याे रकम उनले सरकारसँग माग्नै पर्ने अवस्था हाे ? अाखिर कति छ सुजातासँग धन सम्पति ? हेर्नुहाेस् ;

सुजाता कोइरालाले आफैं हस्ताक्षर गरेर ०६७ भदौ २३ गते सरकारलाई सम्पत्ति विवरण बुझाएकी थिइन् । त्यतिबेला सार्वजनिक भएको सम्पत्ति विवरणमा उनका नाममा करिब २ अर्ब बराबरको जमीन छ ।

बिराटनगर उपमहानगरपालिका ९ नम्बर वडा र बखरीमा सुजाताका नाममा अहिले १४ विघा जमिन छ । तराईमा चलन चल्तीमा रहेको जग्गा नाप विधिमा एक विघामा २० कठ्ठा जमिन हुन्छ ।

विराटनगर उपमहानगरपालिका घडेरी किनबेचमा देशकै सबैभन्दा महंगो स्थानमा पर्छ । काठमाडौको न्यूरोड, दरबारमार्ग क्षेत्रका केही रोपनी नेपालकै सबैभन्दा महंगो जमिनमा पर्न सक्छ ।

विराटनगर उपमहानगरपालिका घडेरीका लागि सबैभन्दा महंगो ठाउँ हो । त्यस्तो महंगो ठाउँमा सुजाताका नाममा कम्तिमा १५ विघा १४ कठ्ठा जमीन रहेको छ ।

तराईको एक कठ्ठा जमिन भनेको पहाडको १ रोपनीभन्दा बढी क्षेत्रफलको हो । विराटनगर उपमहानगरपालिकाभित्र पर्ने त्यस ठाउँको जमीनको मूल्य अहिले कम्तिमा पनि एक विघा बराबर ९० लाख देखि १ करोडसम्म पर्छ ।

त्यहाँको जमिनको अनुमानित मूल्य कम्तिमा प्रतिबिघा ९० लाख देखि १ करोड पर्छ । सुजाताका नाममा रहेको त्यस क्षेत्रको जमिनको मूल्य निकै महंगो क्षेत्र हो ।’

नेतृ सुजाताको जग्गा भएको वडा नम्बर ९ अर्थात वखरी भन्ने ठाउँ बस्ती बस्न अर्थात घडेरीमा विक्री हुने क्षेत्रमा पर्छ । भौतिक पूर्वाधारका दृष्टिकोणले तिव्र विकास भइरहेको त्यस क्षेत्रको जमिनको मूल्य एकविघा बराबर कम्तिमा पनि १ करोड ५० लाख जति पर्न जान्छ ।

सुजाता कोइराला आफैँले हस्ताक्षर गरेर बुझाएको सम्पत्ति विवरणमा उनले लेखेकी छिन्, ‘पिताजी स्वर्गीय गिरिजाप्रसाद कोइरालाबाट नामसारी गरिएको १४ विघा ।’ यसको अतिरिक्त उनको नाममा विराटनगर उपमहानगरपालिका वडा नम्बर १५ मा थप १५ कठ्ठा ९ धुर जमिन छ ।

बखरी क्षेत्रको भन्दा वडा नम्बर १५ मा रहेको १५ कठ्ठा जमिन निकै महंगो मूल्य पर्ने जमिन हो । यति मात्र होइन, सुजाता कोइरालासँग विराटनगरमै थप जमीन छ । मोरङ उपमहानगरपालिका वडा नम्बर ३ मा थप ८ कठ्ठा, १० धुर जमिन छ ।

मोरङ्गकै डाइनिया गाविस वडा नम्बर ६ को कित्ता नम्बर ३९ मा ११ कठ्ठा १५ धुर जमिन छ । यसै गाविसको वडा ७ मा कित्ता नम्बर ४० मा फैलिएको २ कठ्ठा १२ धुर जमिन छ । त्यसै क्षेत्रमा कित्ता नम्बर ४२ मा ४ कठ्ठा १२ धुर थप जमिन छ भने त्यहीँ कित्ता नम्बर ४९ मा १२ कठ्ठा १४ धुर अर्को प्लट छ ।

कोइरालाका नाममा करिब १५ विघा १४ कठ्ठा जमिन देखिन्छ । सामान्यतः सबैभन्दा कमजोर भौतिक पूर्वाधार भएको जमिनको समेत कम्तिमा पनि एक विघा बराबर एक करोड मूल्य पर्छ ।

योमध्ये नेतृ कोइरालाको करिब २ विघा जमिन निकै महंगो मूल्य पर्ने संरचनामा फैलिएको छ । यी जमिनको विवरण सुजाता कोइरालाले आफै सार्वजनिक गरेकी हुन् ।

कोशी अञ्चल अस्पतालको ठीक अघि एउटा विशाल सेतो घर छ । करिब ८ कठ्ठाको क्षेत्रफलभित्र पर्खालले घेरिएको उक्त घर नेतृ सुजाता कोइरालाको आफ्नै नाममा छ ।

सुजाता बिराटनगरमा रहँदा त्यही घरमा बस्ने गर्छिन् । याे घरको मूल्य १ करोड भन्दा बढी पर्छ । घर वरपर फैलिएको ८ कठ्ठा जमीनलाई कम्तिमा पनि २५ करोड बराबर मूल्य पर्छ । सुजाताको घर भएको त्यस ठाउँमा जमिनको मूल्य धुरकै कम्तिमा ३० लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News