कति छ नेपालमा प्रतिबन्धित भारतीय नाेट ?


 


काठमाडाैं, कार्तिक ३०

नेपाली बजारमा भारू ५०० र १००० का १५ अर्व रुपैयाँ बराबरको नोट रहेको अनुमान गरिएको छ । भारतले प्रतिबन्ध लगाएका यी नोटहरु नेपाली बजारमा १५ अर्व रुपैयाँ बराबरको हुनसक्ने नेपाल राष्ट्रबैंकको प्रारम्भिक अनुमान रहेको छ।

अाजकाे काराेबार दैनिकका अनुसार राष्ट्रबैंकको बिदेशी बिनिमय तथा अनुसन्धान बिभागका बहालवाला र अवकासप्राप्त कर्मचारीहरुले यस्तो अनुमान गरेका हुन् । उनीहरुका अनुसार भुक्तानीमा ठूलो मात्रामा भारु प्रयोग हुने गरेकाले १० देखि १५ अर्व रुपैयाँसम्मका भारु ५०० र १००० का नोटहरु नेपाली बजारमा छन् ।

तर राष्ट्रबैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने यो आधिकारीक तथ्यांक नभएको बताए ।

प्रकाशित मिति: ३० कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्