ध्यान छोडेर भारत फर्किए आमिर खान


 


काठमाडौं । बलिउड अभिनेता आमिर खान विपश्यना ध्यान छोडेर भारत फर्किएका छन् । शुक्रबार काठमाडौंको बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्दागर्दै साथीको निधनको खबर सुनेपछि उनी ध्यान छोडेर भारत फर्किएका हुन् ।

ध्यान गर्न आइतबार काठमाडौं आएका खान शुक्रबार बिहान १०.५० बजे इण्डिगो एयरलाइन्सबाट मुम्बई प्रस्थान गरेका हुन् ।

ध्यान गर्दागर्दै खान बिहान ८ बजे ध्यान केन्द्रबाट निस्किएका हुन् । विपश्यनाको नियमानुसार खानले १० दिनसम्म ध्यान गर्ने बताइएको थियो ।

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्