माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि विज्ञापन खुल्यो


 


काठमाडौं, वैशाख ३१
शिक्षक सेवा आयोगले माध्यामिक अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला गरेको छ ।

आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको हो ।

योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ ।

अनलाइन फाराम https://license.tsc.gov.np/ मार्फत पेस गर्न सकिनेछ ।

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्