अभिनेत्री परिणितीले सांसद राघवसँग गरिन् इन्गेजमेन्ट


 


एजेन्सी, वेशाख ३१
भारतीय अभिनेत्री परिणिती चोपडाले आम आदमी पार्टीका सांसद राघव चड्डासँग शनिबार इन्गेजमेन्ट गरेकी छिन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार समारोह साँझ ५ बजे कपुरथला हाउस, कनॉट प्लेस, दिल्लीमा सुरु भएको थियो । राति करिब ९ बजे परिणिती र राघवले आफ्नो सोसल मिडिया अकाउन्टमा इन्गेजमेन्टको तस्विर सार्वजनिक गरेका थिए ।

कार्यक्रममा राजनीतिक तथा चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरुको सहभागिता रहेको थियो । समारोहमा प्रियंका चोपडा सबैभन्दा पहिले उपस्थित भएकी थिइन् ।

इन्गेजमेन्टका लागि राघवले पवन सचदेवको डिजाइन लगाए भने परिणितीले मनिष मलहोत्राको डिजाइन पहिरिइन् ।

यी दुबैले लण्डन स्कुल अफ इकोनोमिक्समा सँगै अध्ययन गरेका थिए । केही समयदेखि नै यी दुईबीचमा प्रेम रहेको हल्ला चलिरहेको थियो भने आईपीएलमा पनि उनीहरु एकसाथ देखिएका थिए ।

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्