परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्षलाई कारबाही, एकजना बर्खास्त


 


काठमाडौं, जेठ १ । राष्ट्रिय परीक्षा बोर्डले तीन जना केन्द्राध्यक्षलाई कारबाही गरेको छ । वैशाख २९ र ३१ गते गते सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई कारबाही गरेको बोर्डले जनाएको छ ।

बोर्डले एक जनालाई बर्खास्त गरेको छ भने दुई जनालाई सचेत गराएर छोडेको छ । टेक्सास इ मा.वि. मित्रपार्क, काठमाडौँ केन्द्र परीक्षाको मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई बर्खास्त गरिएको हो । त्यस्तै कैलाशकुट बहुमुखी क्याम्पस, मित्रपार्क, काठमाडौँ र कुमारी आवासीय मा.वि. बौद्ध, काठमाडौँका केन्द्राध्यक्षलाई उचित परीक्षाको वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएको छ ।

कक्षा १२ को वार्षिक परीक्षा गत वैशाख २६ गतेदेखि सञ्चालन भइरहेको छ । परीक्षामा विभिन्न खालका अमर्यादित कार्यबारे विभिन्न खाले समाचारहरू सार्वजनिक हुँदै आएका छन् ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्