अभिनयमा डेब्यु गर्दै दिलीप रायमाझीकी छोरी दिव्या



काठमाडौं, जेठ ३ । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् । रोहित अधिकारीले निर्माण गर्न लागेको नयाँ फिल्म ‘वरिष्ठ बलराम’ बाट उनी अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।

लामो समयदेखि परिवारसँग अमेरिकामा बस्दै आएकी दिव्या फिल्मका लागि महिना नेपाल आउँदै छिन् । दसैँपछि छायाङ्कनमा निस्किने फिल्ममा दिव्याले अभिनेता खगेन्द्र लामिछानेसँग जोडी बाँध्नेछिन् । फिल्मको पटकथा खगेन्द्र स्वयंले तयार पारेका हुन् । दिव्या र खगेन्द्रको जोडी पर्दामा हेर्न दर्शक प्रतिक्षामा छन् ।

लामो समयदेखि दिव्याको सुन्दरतालाई लिएर मिडियामा चर्चा हुने गरेको छ । यस अगाडि धेरै फिल्मबाट अफर भए पनि उनले अध्ययनका कारण अफर नकार्दै आइरहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News