Deshko News
१४ आश्विन २०८०, आइतबार

कस्तो छ त दर्पणछायाँ –२ ?



darpan-chhaya-2-firstlook-posterकाठमाण्डौ , मंसिर १

निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पणछायाँ २’ को फर्स्टलुक पोस्टर तथा टिजर रिलिज गरिएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको पोस्टर सार्वजनिक गरियो भने टिजर तथा एक गीत समेत देखाईयो ।
‘दर्पणमा छायाँ कति राम्रो..’ बोलको गीत समेत रिलिज गरिएको हो ।

१ मिनेट लामो टिजर प्रोमोलाई पुर्णतः सांगितिक बनाईएको छ भने अन्य केहि दृश्यहरु समेत समावेश गरिएको छ ।

यस्तै फर्स्टलुक पोस्टरमा हिट फिल्म ‘दर्पणछायाँ’को फ्लेभर झल्किन्छ भने पछिल्लो पुस्ता लक्षित गर्दै केहि नयाँ प्रयोग पनि गरिएको छ ।

कार्यक्रममा पुरानै कुरा दोहोर्याउँदै निर्देशक घिमिरेले फिल्मलाई दर्पणछायाँको सिक्वेलको रुपमा नबुझ्न आग्रह गरे । पुरानो नभई नयाँ पुस्तालाई मन पर्ने कथामा फिल्म बनेको भन्दै नयाँ कलाकर लिएर गरिएको काम निकै राम्रो बनेको पनि दाबी गरे ।

डा. लोपसाङ लामाको प्रस्तुति तथा सबु गडाल कार्की र रबि कार्कीको निर्माण रहेको फिल्ममा पुष्प खड्का, साहारा कार्की र श्रद्धा प्रसाईं लिड रोलमा छन् । फिल्मको संभावित प्रदर्शन मिति फागुन २७ लाई लिईएको छ ।

प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News