४ हजार साट्न नरेन्द्र मोदीकी आमा लाइनमा, मोदीलाई व्यंग गर्दै यस्तो भने केजरिवालले


 


एजेन्सी ।
भारत सरकारले १ हजार र ५ सय दरका पुराना नोटहरुमा प्रतिबन्ध लगाएपछि सारा भारतमा हांगामा मच्चिएको छ ।

नोभेम्बर ८ को राती भारतका प्रधामन्त्री नरेन्द्र मोदीले ५ सय र १ हजार दरका भारतीय रुपैयाँ सोही राती १२ बजे देखी नचल्ने घोषणा गरेका थिए ।

जसका कारण भारतीय सर्वसाधारण जनतालेमात्रै सास्ती खेपेनन् । स्वयंम प्रधानमन्त्री मोदीकी आमा पनि लाइनमा बस्नु परेको जनाइएको छ ।

त्यही चार हजार साट्न प्रधानमन्त्री नरेन्द्र मोदीकी ९७ वर्षीय आमाले पनि लाइनमा बस्नु परेको छ ।

नोट साट्ने लाइनमा गुजरातको गान्धीनगरको एक लाइनमा साहाराबिना उभिन पनि नसक्ने प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाले ४ हजार साट्न डेढ घण्टा लाइन बस्नु परेको जनाइएको छ ।
बैंकका कर्मचारीहरुले नरेन्द्र मोदीकी आमा हिराबेनलाई सहारा दिएका थिए । उनीहरुकै मद्दत लिएर हिराबेनले नोट साट्दा बैंकमा ल्याप्चे लगाइन् ।

गान्धीनगरको रायसान गाउँस्थित ओरियन्टल बैंक अफ कमर्समा नरेन्द्र मोदीकी आमा हिराबेनले पैसा साटेकी हुन् । उनीसँगै केही नातेदारहरु पनि पैसा साट्न गएका थिए ।

हिराबेन मोदीले पैसा साट्न लाइनमा बस्नु परेपछि दिल्लीका मुख्यमन्त्री अर्बिंद केजरिवालले मोदीलाई व्यंग्य गरेका छन् ।

उनले मोदीलाई व्यंग्य गर्दै समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ‘मोदी जीले राजनीतिको लागि आमा जस्तो व्यक्तिलाई लाइनमा उभ्याए जुन राम्रो होइन, कहिल्यै लाइनमा लाग्नु परेमा म स्वयंम लाइनमा लाग्ने छु, तर आमालाई लाइनमा लगाउने छैन ।’

arbinda

प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्