क्रिकेटर लामिछानेको मुद्दामा अन्तिम सुनुवाइको पेशी आज


 


काठमाडौं, जेठ ७
नेपाली क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतमा आइतबार पनि अन्तिम सुनुवाइको पेशी तोकिएको छ ।

अन्तिम चरणका बहसका लागि पटक-पटक पेशी तोकिए पनि निरन्तर सुनुवाइ हुन नसक्दा मुद्दाको किनारा लाग्न सकेको छैन ।

सर्वोच्च अदालतले गत फागुन १५ फागुन नै शीघ्र सुनुवाइ गरी मुद्दाको किनारा लगाउन जिल्ला अदालतलाई आदेश गरे पनि बारम्बार पेशी तोक्ने र सुनुवाइ स्थगित हुने भईरहेको छ ।

आइतबार लामिछानेका वकिल सरोज घिमिरेले वहस गर्ने पालो छ । पछिल्लो पटक गत १९ वैशाख गते भएको सुनुवाइमा सरकारी पक्षका वकिलहरूले ४ घण्टा बहस गरेपछि मुद्दालाई हेर्दाहेर्दैमा राख्नु पर्नेमा न्यायाधीशले हेर्न नभ्याईनेमा राखेका थिए ।

प्रकाशित मिति: ७ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्