सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पराजुलीको इजलासमा


 


काठमाडौं, जेठ ७ । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको पेशी आज तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा मुद्दाको सुनवाइ हुने भएको हो।

जाहेरीकर्ता गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो ।

आज सुनवाइ भएन भनि सन्दिपको दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमण प्रभावित हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्