लागु औषधमा जेल गएकी अभिनेत्री परेरा रिहा


 


एजेन्सी । लागु औषधमा कारोबारमा पक्राउ परेकी बलिउड अभिनेत्री क्रिसन परेरा रिहा भएकी छन् । उनलाई सरजाह प्रहरीले ३ हप्तापछि जेलबाट रिहा गरेको हो । क्रिसन परेरालाई सरजाह विमानस्थलमा प्रहरीले पक्राउ गरेको थियो । क्रिसनको हातमा एउटा ट्रफी थियो जसमा लागु औषध पाइएपछि उनलाई प्रहरीले हिरासतमा लिएको थियो ।

घटनाको अनुसन्धानपछि क्रिसन निर्दोष भेटिएकी छन् । क्रिसनका भाइ केविन परेराले यो भिडियो आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका छन् ।

क्रिसन बलिउड फिल्ममा स–साना भूमिकामा देखिने गर्छिन् । सडक–२ र बटाला हाउसमा काम गरिसकेकी २७ वर्षकी क्रिसन काष्टका लागि दुबईको सिरिजमा युएई गएकी थिइन् । त्यहाँबाट फर्किनेक्रममा उनलाई कसैले लागु औषध ओसार्न प्रयोग गरेको प्रहरीले बताएको छ ।

अनुसन्धानपछि घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । यसमा उनको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको बताइएको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्