बिहे नगरी स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई एक लाख पुरस्कार



काठमडौं, जेठ ८ । सिन्धुलीको मरिण गाउँपालिका विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरुप एक लाख प्रदान गर्न थालेको छ।

गाउँपालिकाले शनिबार स्नातक तह उत्तीर्ण गरेका पाँचजना किशोरीलाई जनही एक लाख हस्तान्तरण गरेको हो। मरिण– ७ का चारजना र वडा नं ६ की एकजना किशोरीलाई उक्त रकम प्रदान गरिएको हो।

कम उमेरमा हुने बिहेबारी रोक्न, विद्यार्थीलाई प्रोत्साहन गर्नुका साथै स्थानीय विद्यालयमा विद्यार्थीको संख्या बढाउने उद्देश्यका साथ यस कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यात’ले बताए ।

शिक्षामा बेरुची र पढ्नेहरू पनि काठमाडौँ लगायत देशका मुख्य शहरमै केन्द्रित हुनाले गाउँका विद्यालयहरू धरासायी अवसथामा पुगेका कारण पनि यो योजना ल्याइएको उनको भनाइ छ।

मरिण गाउँपालिकाले ल्याएको यो कार्यक्रममा विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने मरिणका स्थानीय विद्यार्थी, जसले स्थानीय विद्यालय, क्याम्पसमा अध्ययन गरेका छन्, उनीहरू पर्दछन।

बालविवाह तथा घरेलु हिंसा रोकथामका लागि सिन्धुलीका स्थानीय तहले विभिन्न किसिमका प्रोत्साहनका कार्यक्रम ल्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News