एभरेष्ट बैंकले सेयरधनीलाई ७० प्रतिशत बोनस दिने, किन यति धेरै गर्याे प्रस्ताव ?



everest-bankकाठमाडाैं, मंसिर १

एभरेष्ट बैंक सञ्चालक समितिले आफ्ना सेेयरधनीलाई चुक्ता पुँजीको ७० प्रतिशत बोनस सेयर दिन प्रस्ताव गरेको छ । चुक्ता पुँजी बढाउने दबावमा रहेको बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत बर्षको नाफाबाट सो लाभांश प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिले प्रस्ताव गरेको बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र बैंककै साधारणसभाले पारित गर्न भने बाँकी छ । प्रस्ताव पारित भएपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ६६ करोड लाख रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ७४ करोड रुपैयाँ छ ।

बैंकको रिजर्भमा ६ अर्ब ३८ करोड रुपैयाँ छ । गत वर्ष एभरेष्ट बैंकले १ अर्ब ७३ करोड रुपैयाँ नफा कमाएको थियो भने चालु वर्षको पहिलो ३ महिनामा ५१ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ ।

बोनस सेयर वितरण भएपछि कायम हुने चुक्ता पुँजीमा बैंकले ३ सेयर बराबर १ सेयर अर्थात् ३३.३३ प्रतिशत हकप्रद सेयर दिने छ । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी ६ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

आगामी चालू आर्थिक वर्षमा कमाएको नाफाबाट बैंकले बोनस सेयर जारी गरेर र फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गरेर चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्‍याउने जनाएको छ ।

गत आर्थिक वर्षको मौदि्रक नीतिमा राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो । जसअनुसार राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी बढाउन एभरेष्ट बैंकले ७० प्रतिशत बोनस सेयरको घोषणा गरेको हो ।

चुक्ता पुँजी कम भएकाले अधिकतम बोनस सेयर दिने आशामा एभरेष्ट बैंकको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढेको थियो ।

लगानीकर्ताको आकर्षण बढेपछि बैंकको सेयरमूल्य पनि बढेको थियो । बुधबार बैंकको एककित्ता सेयर ३ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News