प्रेमीसंग घुम्न गएकी भारतीय अभिनेत्री वैभवीको कार दुर्घटनामा मृत्यु



एजेन्सी । भारतीय अभिनेत वैभवी उपाध्यायको कार दुर्घटनामा निधन भएको छ । हिमाचल प्रदेशमा सोमबार अर्थात मे २२ मा भएको दुर्घटनामा उनको निधन भएको हो ।

फिल्म निर्माता तथा अभिनेता जेडी मजेठियाले वैभवीको मृत्युको खबर पुष्टि गरे । वैभवी ‘सीआईडी’ र ‘अदालत’ जस्ता धेरै शोकी हिस्सा थिइन् । यद्यपि उनी ‘साराभाई भर्सेस साराभाई’ को लागि बढी चिनिन्छिन् । उनले यस शोमा जस्मीनको भूमिका निभाएकी थिइन् ।

‘साराभाई भर्सेस साराभाई’ मा सँगै काम गरेकी अभिनेत्री रुपाली गांगुलीले पनि सामाजिक सञ्जालमा यसका लागि दुःख व्यक्त गरेकी छिन् । उनले वैभवीको तस्बिर सेयर गर्दै लेखिन्, ‘तिमीले छिटै छोडेर गयौ ।’

दुर्घटनाका बेला वैभवीका प्रेमी जय सुरेश गान्धी पनि थिए । उनलाई हल्का चोट लागेको छ । उनको बन्जार अस्पतालमा उपचार भइरहेको बताइएको छ । जानकारीका अनुसार वैभवी आफ्ना प्रेमी जय सुरेश गान्धीसँग उनको फोरचुनर गाडीमा बन्जारको तीर्थन घाटीमा घुम्न गइरहेकी थिइन् । त्यति बेला उनीहरूको गाडी अनियन्त्रित भयो र उनीहरू सडकभन्दा ५० फुट मुनी खसे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News