Deshko News
६ आश्विन २०८०, शनिबार

मिस नेपाल २०२३ को ताज श्रीच्क्षा प्रधानलाई



काठमाडौं, जेठ १३ । मिस नेपाल २०२३ को ताज श्रीक्षा प्रधानले पहिरेकी छिन्। शनिवार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भएको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौंकी २३ वर्षीया श्रीक्षा प्रधान मिस नेपाल वर्ल्ड घोषित भएकी हुन्।

गतवर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज पहिर्‍यादिइन्। उनले मिस डीएचआई र फेस अफ द इएरको टाइटल पनि हात पारिन् ।

त्यसैगरी, ‘मिस नेपाल अर्थ’ दाङकी २६ वर्षीया रैना मजगैयाँले हात पारिन्। ललितपुरकी २५ वर्षीया प्रसिद्धि शाह मिस नेपाल इन्टरनेसनल घोषित भइन्।

प्रसिद्धि नेपालकी पहिलो मिस नेपाल वर्ल्ड रुबी राणाकी छोरीसमेत हुन। फिनालेमा २४ जना प्रतिस्पर्धी सहभागी भएका थिए।

विभिन्न विधामा उत्कृष्ट हुनेहरुको नाम

मिस पपुलर च्वाइस– प्रसिद्धि शाह

मिस फिटनेस क्विन– ऐश्वर्या श्रेष्ठ

मिस ग्लामर– गृष्मा अधिकारी

मिस कन्फिडेन्ट– प्रज्ञा बज्राचार्य

मिस हेल्थी स्किन– राइना मजगाई

मिस मल्टीमिडिया– सुहानी खड्का क्षेत्री

मिस इन्टेलेक्चुअल– ऐश्वर्या श्रेष्ठ

फेस अफ द इयर– श्रीक्षा प्रधान

वुमन विथ द विङ्स– उन्नति गुरुङ

मिस फोटोजेनिक– कृतिका खड्का

मिस डीएचआई– श्रीक्षा प्रधान

ब्युटी विथ प्रपोज– आयुष्मा बराल

प्रकाशित मिति: १३ जेष्ठ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News