‘जात्रा’ फिल्मले बनायो रेकोर्ड, १ हप्ता नबित्दै एक करोडको आम्दानी


 


काठमाडौं, मंसिर २
‘जात्रा’ फिल्मले प्रदर्शनमा आएको एक हप्ता नबित्दै एक करोड भन्दा माथिको आम्दानी गर्न सफल भएको छ ।

मह सञ्चारमा लामो समय काम गरेका निर्देशक प्रदिप भट्टराईद्धारा निर्देशित फिल्म ‘जात्रा’ले बुधबार बेलुकासम्म एक करोड ५ सय रुपैयाँ आम्दानी गरेको वितरक माधव वाग्लेले जानकारी दिए ।

दर्शकको मन जितेको जात्राको मल्टिप्लेक्स हलमा थप शो गरिएको पनि उनले जानकारी दिएका छन् ।

गत शुक्रबार मात्रै प्रदर्शनमा आएको जात्रालाई मिलेको दर्शकको साथले कलाकार तथा निर्माता उत्साहित भएका छन् ।

फिल्म जात्रामा विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानीयाँ, रविन्द्र झा र प्रेक्षा बज्राचार्यलगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति: २ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्