प्रियंका, जसको अन्डरवेयर हेर्न चाहन्थे निर्देशक, त्यसपछि के भयो ?


 


एजेन्सी, मुम्बई जेठ। बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो बोलीका कारण चर्चामा आइरहन्छिन् । प्रियंकाले केही समयअघि बलिउडका विषयमा ठूला खुलासा गरेकी थिइन्।

पहिला उनले उद्योगको नातावादको कुरा गरिन् भने पछि उनलाई बलिउडमा के कस्तो व्यवहार गरियोसम्मको खुलासा गरेकी छन् । अहिले भने उनले एक अन्तरवार्तामा बलिउडमा सुटिङका समयमा एक निर्देशकले आफ्नो अन्डरवेयर हेर्न चाहेको खुलासा गरेकी छन्।

प्रियंकाका अनुसार यो घटना सन् २००२ देखि २००३ बीचको हो । उनी उद्योगमा नयाँ थिइन् र उनले अन्डरकभर एजेन्टको भूमिका निभाउनु पर्ने थियो। यो चरित्रका लागि उनले एक यस्तो निर्देशकसँग काम गरिरहेकी थिइन्, त्यस्तो निर्देशक उनले आजसम्म भेटेकी छैनन्।

यो फिल्ममा एक दृश्यमा प्रियंकाले एक युवकलाई प्रलोभनमा पार्नु थियो। जसका लागि अभिनेत्रीलाई शरीरको सबै कपडा उतार्न भनिएको थियो।

प्रियंका यो दृश्य कपडामै दिन चाहन्थिइन् । तर निर्देशकले उनलाई उनको अन्डरवेयर हेर्न चाहेको बताएका थिए।

‘तिमीले अन्डरवेयर देखाएनौं भने यो फिल्म हेर्न दर्शक किन आउने ? ’ त्यो निर्देशकले भनेको कुरा प्रियंकाले सम्झिइन्। निर्देशकको यो प्रस्ताव पछि प्रियंकाले फिल्म नै छोडिन्।

प्रकाशित मिति: १४ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्