नेपाल टेलिकमद्वारा गणतन्त्र दिवसको अवरमा विशेष अफर


 


काठमाडौं, जेठ १४ । नेपाल टेलिकमले राष्ट्रिय गणतन्त्र दिवस २०८० को अवसरमा आफ्ना ग्राहकका लागि गणतन्त्र विशेष अफर ल्याएको छ ।

यो अफर आज (जेठ १४ आइतबार) देखि जेठ १६ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ । यस अन्तर्गत ४९ रुपैयाँमा एक दिनलाई मान्ने हुने १ एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमका नेटवर्कभित्र १०० मिनेट अन–नेट भ्वाइस सेवा उपलब्ध हुनेछ ।

त्यसैगरी ९८ रुपैयाँमा तीन दिनका लागि मान्य हुने ६ जीबी डेटा, १९९ रुपैयाँमा सात दिनका लागि मान्य हुने १३ जीबी डेटा, २९४ रुपैयाँमा १० दिनका लागि मान्य हुने २० जीबी डेटा र ३९९ रुपैयाँमा १५ दिनका लागि मान्य हुने ३० जीबी डेटा प्याकेज लिन सकिन्छ । यो अफर प्रयोग गर्न *1415*11# टाइप गर्नुपर्छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्