शिक्षकको सरुवा गरिएको भन्दै विद्यालयमा तालाबन्दी


 


बैतडी, जेठ १५ । बैतडीको एक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

जिल्लाको पाटन नगरपालिका–३ स्थित बालकल्याण आधारभुत विद्यालयमा कार्यरत लक्ष्मीकान्त पनेरुको सरुवा गरेको भन्दै विद्यालयका विद्यालयहरुले विद्यालयमा तालाबन्दी गरेका हुन्।

शिक्षक पनेरुको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडामा काज सरुवा गरिएको छ। नगर शिक्षा समितिले सरुवा गरेको भन्दै बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका अभिभावक दमन बिष्टले बताए।

शिक्षक पनेरुको सरुवा बदर गर्नुपर्ने विद्यार्थीहरुको माग छ। नगर शिक्षा समितिले भने शिक्षक पनेरुको आग्रहमा नै कार्यपालिका बैठकबाट निर्णय गरेर सिद्धेश्वर माविमा काजमा सरुवा गरिएको जनाएको छ।

प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्