जुनसुकै विषय पढेकाले पनि शिक्षक लाइसेन्सको परीक्षा दिन पाउने


 


काठमाडौं, जेठ १५ । शिक्षक लाइसेन्सको परीक्षामा जुनसुकै विषय पढेका व्यक्तिहरुले पनि सहभागी हुन पाउने भएका छन् ।

यसअघि शिक्षा विषय पढेकाहरुले मात्र शिक्षक लाइन्सेन्सको परीक्षा लिन भएपनि अबदेखि सबैले सहभागी हुन पाउने भएका हुन् ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैलाई शिक्षक लाइसेन्सको परीक्षामा सहभागी हुने बाटो खोल्ने घोषणा गरेका हुन् ।

अर्थमन्त्री डा. महतले आधारभूत तहका शैक्षिक योग्यता शिक्षकलाई माथिल्लो तहको रिक्त दरबन्दीमा समायोजन तथा स्तरोन्नती गरिने समेत बताए ।

साथै सामुदायिक विद्यालयका शिक्षकसँग स्थानीय तहको कार्यसम्पादन करार गरी कार्यसम्पादन स्तरलाई वृत्ति विकाससँग आबद्ध गर्ने व्यवस्था गरिने छ ।

यसैगरी खुला प्रतिस्पर्धाबाट प्रधानान्याधापक छनोट गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने सरकारले जनाएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्