Deshko News
१८ आश्विन २०८०, बिहिबार

गर्मी बढेपछि दुई दिन विद्यालय बिदा



काठमाडौं, जेठ १७
विराटनगरका विद्यालयमा दुई दिन बिदा दिइएको छ। केही दिन देखि बढेको गर्मीका कारण विराटनगरका विद्यालयमा दुई दिन बिदा दिइएको विराटनगर महानगरपालिकाले जनाएको छ।

बर्खे बिदाबाट कट्टी हुने गरी जेठ १८ र १९ गते विराटनगरमा सञ्चालित सार्वजनिक तथा संस्थागत विद्यालयहरू बिदा गरिएको विराटनगर महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

‘केही दिन देखि बढेको अत्याधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ भएको र विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै नगर शिक्षा समितिको जेठ १७ गतेको निर्णय अनुसार विद्यालयहरू बिदा दिइएको छ ’ सूचनामा भनिएको छ।

प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News