सुनकाे भाउ घट्याे


 


काठमाडाैं, मंसिर ३

सुन अाज शुक्रबार प्रतितोला ६ सय रुपैयाँले घटेको छ । केही दिनदेखि सुनको मूल्य ओरालो लाग्ने क्रममा छ । सुन आज ६ सय रुपैयाँ घट्दा तोलाको ५५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन प्रतितोला ५५ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँ थियो ।

प्रकाशित मिति: ३ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्