गर्मी बढेपछि लहानका विद्यालय एक साताका लागि बन्द


 


सिरहा, जेठ १९ । गर्मी बढेपछि सिरहाको लहान नगरपालिका क्षेत्रका विद्यालय शुक्रबारदेखि एक साताका लागि बन्द भएका छन् । नगरपालिकाले सूचना प्रकाशित गरी गर्मीको कारणले बालबालिकामा प्रतिकूल असर पर्ने भन्दै जेठ २६ सम्म एक साताको लागि विद्यालयमा बिदा दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमले बर्खे बिदाबाट कट्टा हुने गरी नगर क्षेत्रका बालविकासदेखि १२ कक्षासम्म पढाइ हुँदै आएका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिएको जानकारी दिइन् ।

पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीको कारण जनजीवन कष्टकर बन्दै गएको छ । बिहान सबेरैदेखि सुरु हुने गर्मी मध्याह्नसम्म ४१ डिग्रीसम्म तापक्रम पुग्ने गरेकाले दैनिक जनजीवन समेत प्रभावित भएको छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्