न खुट्टा न हात, यस्तो छ उनको आँट (पढ्नुहोस दुबै हात, खुट्टा नभएका व्यक्तिको चमात्कारिक कथा)


 


nick

एजेन्सी ।

दुबै हात र दुबै खुट्टा नभएका ३३ वर्षीय ‘निक वुजकिक’ विश्वकै जानेमाने मोटिभेटर र लेखक मानिन्छन् । सन् १९८२ डिसम्बर ४ का दिन अष्ट्रलियामा जन्मेका निक वुजिकिकका जन्म देखि नै दुबै हात र दुबै खुट्टा छैनन् ।

खुट्टाको ठाउँमा स साना औंला छन् । करोडौंमा केही एक दुई मामला यस्ता पनि हुन्छन् । आमा बुवाले जब हात र खुट्टा नभएका बच्चा देखे उनीहरु धेरै नै हतास भएका थिए । यहाँ सम्मकी निक की आमाले उनलाई जन्मेको लगभग ४ महिना पछि कोखमा राखेका थिए ।

निककी आमा नर्स थिइन् र गर्भवती छँदा उनले आफ्नो पुरै ख्याल पनि गरेकी थिइन् । तर पनि उनी निकको शारिरीक अपांगताको लागि आफैंलाई दोषी मान्थिन् । दुबै आमा बुवा सोच्ने गर्थे आखिर यस्तो किन भयो ?

जिन्दगीका सुरुका दिनहरु निकको लागि धेरै बोझिला थिए । सामान्य दैनिकी देखि लिएर पढाइ लेखाईमा समेत उनलाई निकै समस्या आएको थियो । त्यस्तो आवस्थामा खेलकुदको कुरा त टाढा कै कुरा थियो ।

यस्तो आवस्थामा निक पनि निकै चिन्तित तथा हतास थिए । १० वर्षको उमेरमा उनले चिन्ता कै कारण बाथ ट्याबमा डुब्ने प्रयास गरेका थिए । तर भाग्यले उनी बाँच्न सफल भए ।

निकले भनेका छन् ‘मलाई त्यो समय लाग्थ्यो मेरो जिन्दगी बेकारको छ ।’ जब केही गर्नको लागि पनि तागत छैन भने बाँचेर बस्न धेरै मुश्किल नै हुन्छ । तर आमाले लेखेको एउटा चिट्ठीले उनको सोच पुरै किसिमले परिवर्तन भयो ।

उनको आमाको यो लेख एक पत्रिकामा छापियो जुन एउटा अपांग मानिसको अपांगतामा जीतको कथा थियो । निक त्यस समयमा १३ वर्षका थिए । उनले सम्झे विश्वमा अपांगतासँग संघर्ष गर्नेहरुमध्ये उनी एक्ला मानिस थिएनन् । उनी भन्छन् ‘मलाई महशुस भयोकी भगवानले मलाई यस्तो अरुहरुको हौसला बढाउन तथा अरुहरुलाई आँट दिनको लागि बनाएका हुन् ।

यस्तो सोचले मलाई प्रेरणा मिल्यो । फेरि मैले अरुहरुलाई हौसला बढाउन तथा आँट दिन सुरु गरे । अरुहरुको जिन्दगीमा रोशनी भर्न आफ्नो जिन्दगी मकसद बनाए ।

यसपछि मैले तय गरे जो छँदै छैन उसलाई सम्झेर निराश हुनु भन्दा आफुसँग जे छ त्यसलाई नै भगवानको आशिर्वाद मान्ने ।’

त्यस्ता आमाबुवाले गर्दा नै उनी फाइटर बने । बुवा कम्पयुटर प्रोग्राम र एकाउन्टेन्ट थिए ।

डेढ वर्षको उमेरमा बुवाले निकलाई पानीमा छोड्ने गर्थे पानीमा छोड्ने कारण निकले पानीमा पौड्न सिकोस् भन्ने चाहना थियो ।

उनले निकलाई औंलाको मद्यतले टाइप गर्न सिकाए । निक त्यस समय करिब ६ वर्षका थिए । आमाले प्लाष्टिकको एक स्पेसियर डिभाइस बनाइन् । जसको मद्यतले निकलाई कलम रपेनिसल समात्न सजिलो भयो ।

अप्ठ्याराहरुसँगै आमाबुवाले उनलाई रम्रो स्कुल पठाउन पनि उपयुक्त नहुने ठाने ।
सामान्य बच्चाहरुसँग पढाउने उनको निर्णय निकै मुस्किल थियो । किनकी स्कुलमा बच्चाहरु जिस्क्याउँथे ।

तर यो कुरा पछि गएर सत्य सावित हुन पुग्यो । उनले अरु सबै बच्चाहरुको जस्तै काम गर्न सुरु गरे । उनले फुटबल गल्फ खेल्न सिके । विस्तारै पौडी र सर्फिङ पनि सिक्न सफल भएका छन् ।
औंलाको मद्यतले उनी शरिरीलाई सुन्तलनमा राख्छन् र ती औंला नै किक हान्नमा पनि मद्यत गर्छन् ।

यी स साना औंलाले उनी लेख्छन् र टाइपिङ पनि गर्छन् । १७ वर्षको उमेरमा उनले प्रेयर ग्रुपमा गएर लेक्चर दिन सुरु गरे ।

२१ वर्षको उमेरमा उनले एकाउन्टिङ र फाइनाइन्समा डिग्री गरे । त्यसपछि उनले एक मोटिभेसन स्पीकरको रुपमा आफ्नो करियर सुरु गरे ।

निकले ‘एट्टिट्युड इज एट्टिट्युड’ नामले कम्पनी खोले । उनले ‘लाईफ विद आउट लिम्ब्स’ नामक एनजीओ पनि खोले ।

विस्तारै उनी विश्वमा नै मोटिभेसन स्पीकरको रुपमा चिनिन्छन् । उनको आफ्नै जीवन चमत्कारिक छ ।

राम्रो कुरा यो हो की उनलाई केनिया मियाहरा नामकी एक जीवन साथी मिलेकी छन् । निकले कहिल्यै सोचेका पनि थिएनन् की शारिरीक कम्जोरीका कारण उनलाई यस्तो कुनै केटी जिन्दगी भरी साथ दिन चाहने मिल्ने छिन् भनेर ।

निकलाई केनिया मिलेपछि दुबै जनाबीच पहिलो नजरमा नै प्रेम हुन गयो । निकको गुड ह्युमर र अर्काको लागि केही गर्न चाहने उनी भित्रको चाहना केनियालाई मन परेको थियो ।

निक २००७ मा लान्ज एन्जिलेसमा बसे । निक निकै समारात्मक सोचका मानिस छन् र उनी खुसी तथा शान्त पनि छन् । अहिले उनी विश्वका मानिसहरुलाई जिन्दगी जिउने तरिका सिकाइरहेका छन् ।

उनले विश्वका ४४ भन्दा बढी देशको भ्रमण गरिसकेका छन् । र त्यहाँ गएर उनले मानिसहरुलाई सही जिन्दगी जिउने तरिका सिकाउने गर्छन् ।

उनी भन्छन् ‘ म मानिसहरुलाई आफुलाई माया गर्नको लागि भन्छु । र खसेर उठ्नको लागि प्रेरित गर्न चाहन्छु । यदि मैले जिनदगीमा एउटा पनि मानिसलाई प्रेरित गर्न सके भने त्यो नै मेरो जिन्दगीको उपलब्धी हुने छ ।’

प्रकाशित मिति: ३ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्