गच्छदार मोर्चाबाट निष्कासित


 


काठमाडौ, जेठ २७

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलाई मोर्चाबाट निष्कासित गरेको छ ।

मोर्चाको लक्ष्य र अवधारणाविपरीत १६ बुँदे सहमतिमा हस्ताक्षर गरेको भन्दै मोर्चाले उनको दल फोरम लोकतान्त्रिकसँग औपचारिक सम्बन्ध विच्छेदसमेत गरेको घोषणा गरेको छ । मोर्चा संयोजक राजेन्द्र महतो नेतृत्वको सद्‍भावना पार्टी कार्यालय मध्यबानेश्वरमा बसेको मधेसी दल बैठकमा मोर्चाका आठमध्ये चार दल सहभागी थिए ।

फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव, तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी, तमसपा वरिष्ठ नेता रामनरेश राय र सद्भावना अध्यक्ष महतो सहभागी बैठकले विज्ञप्ति जारी गर्दै सोमबारको १६ बुँदे सहमतिलाई प्रतिगमनकारी भएको आरोप लगाएको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्