Deshko News
१८ आश्विन २०८०, बिहिबार

भारतीय चर्चित अभिनेत्री सुलोचनाको निधन



एजेन्सी । हिन्दी र मराठी चलचित्रकी चर्चित अभिनेत्री सुलोचना लाटकारको निधन भएको छ। सुलोचनाको आइतबार ९४ वर्षको उमेरमा मुम्बईमा निधन भएको हो।

सुलोचनाले २५० हिन्दी र ५० मराठी फिल्ममा अभिनय गरेकी छन्। समाचार एजेन्सी पिटिआईका अनुसार सुलोचना विगत केही दिनदेखि बिरामी थिइन्।

सुलोचनालाई मे ८ मा दादरको सुश्रुत अस्पतालमा भर्ना गरिएको थियो । सुलोचनाले मराठी फिल्मबाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन्।

उनले ‘कोरा कागज’, ‘मुकद्दर का सिकन्दर’, ‘हिम्मतवाला’, ‘अन्दर–हार’, ‘दिल देके देखो’, ‘आदमी’, ‘जनी मेरा नाम’ जस्ता चलचित्रमा काम गरेकी थिइन्।

सुलोचनाको निधनमा बलिउडका कलाकारहरूले श्रद्धाञ्जली दिएका छन्।

प्रकाशित मिति: २२ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News