पुरुषको मुखबाट के सुन्न चाहन्छन् महिला ?



यी हुन् महिलाले सुन्न चाहने १० चिज

अधिकाँश पुरुषहरु महिलाई के मन पर्छ भन्ने आफूले बुझ्न नसकेको गुनासो गर्छन् । यहाँ केही त्यसता कुराको चर्चा गरिएको छ जुन कुरा सुन्न महिलाहरु लालायित हुन्छन् तर पुरुषहरु भने भन्न हिच्किचाउँछन् ।

यदि कुनै महिलाई आकर्षित गर्न वा खुसी राख्न राहनु हुन्छ भने धेरै केही गर्नु पर्दैन सामान्य बोलीचालीमा उनीहरुलाई मन पर्ने कुरा गरिदिए पुग्छ । तपाइँलाई अचम्म लाग्न सक्छ तर यो सत्य कुरा हो ।

यदि तपाइँ आफ्नो सम्बन्धमा प्रतिबद्ध हुनुहुन्छ र सम्बन्ध टुट्लाकी भनेर चिन्तित हुनुहुन्छ भने यि महिलालाई मन पर्ने केही कुरा ध्यानमा राख्नुस् ।

सुन्दरताको बयानः

पुरुषले जहिले पनि महिलालाई मन पर्ने तीन कुरा मनमा राखि रहनु  पर्छ । सबै महिलालाई मन पर्ने खाना, दराजमा नयाँ नयाँ कपडा र पुरुषहरुले आफ्नो सुन्दरताको बयान गरेको मन पर्छ ।

महिलाई तिमी राम्री छौ भन्दिँदा जित खुसी अरु केही गर्दा नि लाग्दैन । कुनै पुरुषले तिमीलाई यो कपडा राम्रो देखिएको छ भन्यो भने मख्ख पर्छन् । ३० वर्षकी महिला पनि यो उमेरमा पनि कस्तो सेक्सी देखिएको भन्दा फुरुक्क पर्ने  हुन्छन् ।

‘तिमी मेरो पहिलो प्रेम हो’

महिलालाई तिमी मेरो पहिलो प्रेम हो भन्यो भने मख्ख पर्छन् किन भने उनीहरुलाई यो एक मात्र महिलालाई प्यार गर्ने पुरुष हो भन्ने पर्छ ।

सँगै सुत्दा प्रशंसा गर्नुस्

जुन सुकै महिला पनि आफ्नो प्रशंसा सुन्न लालायित हुन्छन् । खासगरी सँगै सुतिरहेको समयमा प्रशंसा गरेको महिलालाई खास मन पर्छ । यसो गर्दा तपाइँ सेक्स जीवनमा सन्तुष्ट हुनुहुन्छ भन्ने प्रभाव पर्छ र महिला खुसी हुन्छन् ।

‘तिमी असल आमा बन्न सक्छौ’

कुनै पनि महिला आमा बन्न लालियत हुन्छन् । त्यसकारण उनीहरुलाई तिमी असल आमा बन्न सक्छौ भनिदियो भने अति खुसी हुन्छन् । महिलाहरुमा बच्चा सम्हाल्न सक्छु कि सक्दिन भन्ने पिर मनमा हुने हुँदा पनि यसो भन्न जरुरी हुन्छ ।

भावुकताको कदर गर्नुस्

सबैजसो महिलाहरु भावुक हुन्छन् । तिमी मेरो जीवन साथी बन भनेर भन्दा महिलाहरु पग्लिन्छन् । त्यति भनेकै भरमा तपाइँले उनीहरुको मनमा राज गर्न सक्नु हुन्छ ।

हरेक कुरामा सल्लाह लिनुस्

महिलाहरु साना सान कुरामा पनि उनीहरुसँग सल्लाह लिएको मन पराउँछन् । तपाइँले मोबाइल किन्दा होस् या गाडी किन्दा महिलासँग तिमीलाई कुन मन पर्छ भनेर सोध्नु भो भने उनीहरु खुसी हुन्छन् । यसले उनीहरुलाई सम्मानित पनि अनुभव गराउँछ ।

तिमी मेरी सबैभन्दा नजिकको साथी हो’

कुनै पनि स्त्री आफूलाई कुनै पुरुषले साथी भनेको सुन्न लालायित   हुन्छे । उनीहरुलाई केवल सुन्दरता र शरीरको बर्णनले मात्र पुग्दैन उनीहरुलाई साथी बनाएको बढी मन पर्छ ।

महत्व बुझाउनुस्

स्त्रीहरुलाई पुरुषले महत्व दिएको मन पर्छ । तिमी मेरो जिन्दगी हो भनेमा उनीहरु मख्ख पर्छन् । तिमी मेरो जीवनमा कति महत्वपूर्ण छौ भन्ने कुरा सँधै बुझाउनुस् ताकि उनीहरुलाई आफ्नो गहनता महसुस हुन्छ ।

आई लभ यू

आई लभ यू अर्थात म तिमीलाई प्रेम गर्छु भन्ने केवल तिन शब्दले महिलाको मन सहजै जित्नै सकिन्छ । महिलाहरु आई लभ यू भनेको सुन्न लालियत हुन्छ । यद्यपी यस्को प्रयोग भने सही समयमा गर्नु  पर्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News