यी हुन् छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने ३४२ विद्यालय (सूचीसहित)


 


काठमाडौं, जेठ २३
काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयको सूची सार्वजनिक गरेको छ ।

मंगलबार सार्वजनिक सूचना निकाल्दै काठमाडौं महानगरले छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने ३४२ विद्यालयको सूची सार्वजनिक गरेको हो ।

गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो । तर त्यसअनुसारको विवरण पेश नगर्ने विद्यालयको सूची महानगरले प्रकाशित गरेको हो ।

ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न अन्तिम समयसीमा महानगरले दिएको छ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्