एसईई परीक्षाको नतिजा सार्वजनिक नभएसम्म भर्ना प्रक्रिया नथाल्न महानगरको निर्देशन


 


काठमाडौं, जेठ २५
काठमाडौं महानगरपालिकाले एसईई परीक्षाको नतिजा सार्वजनिक नभएसम्म कक्षा ११ को भर्ना प्रक्रिया नथाल्न शैक्षिक संस्थालाई निर्देशन दिएको छ ।

निजी क्षेत्रका शैक्षिक संस्थाहरुले विद्यार्थी तान्न नतिजा नआउँदै भर्ना गराउने तथा रकम उठाएर सिट बुक गर्न लगाउने गर्दै आएका छन् ।

भर्नाका लागि सूचना प्रकाशन गरेको भन्ने उजुरी आएको भन्दै महानगरले महानगरभित्रका सबै शैक्षिक संस्थालाई परिपत्र गरेको हो ।

महानगरपालिकाले त्यस्तो गरेको थाहा पाए कडा कारबाहीको चेतावनी पनि दिएको छ ।

प्रकाशित मिति: २५ जेष्ठ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्