‘किङ’को अफिसियल टिजर रिलिज


 


king-nikhil1काठमाडौं, मंसिर ४

एक्शन स्टार निखिल उप्रेती स्टारर फिल्म किङुको अफिसियल टिजर रिलिज भएको छ । माघे संक्रान्तिको छेकोमा आउँदो पौष २९ गतेलाई फाईनल रिलिज मिति तय गर्दै निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो ।

युट्युवमा सार्वजनिक १ मिनेट बढि लामो टिजरमा मुख्यतः एक्शनलाई प्राथमिकता दिईएको छ भने टिजरले प्रेमभाव पनि व्यक्त गर्छ । टिजरमा मुख्य कलाकार निखिलसँगै अभिनेत्री वेनिशा हमाल र अभिनेता अनुपबिक्रम शाही फिचरिङमा छन् ।

टिजर हेर्दा नै फिल्मको सिनेमाटोग्राफी, सम्पादनमा आशा गर्ने ठाउँ छ भने रीच मेकिङुको अनुमान लगाउन सकिन्छ । सबिर श्रेष्ठ फिल्मका निर्देशक हुन् । जगन श्रेष्ठको प्रस्तुतीमा तयार फिल्मका निर्माता जयन श्रेष्ठ हुन् ।

फिल्मका अन्य कलाकारहरु रुपा राना, प्रज्वल सुजल गिरी र प्रस्तुतकर्ता समेत रहेका जगन श्रेष्ठ लिड अभिनयमा छन् । लामो समयको पर्खाईपछि पर्दामा आउँदै गरेका निखिलको यो फिल्म दर्शकमाझ प्रतिच्छित बनिसकेको छ । गत बर्ष रिलिज लुटेरा पछि निखिल पहिलो पटक किङु मार्फत पर्दामा आउँदैछन् ।

काठमाडौं, लुम्बिनी तथा नगरकोट लगायतका दृश्य समावेश फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने दिनेश सुनाम र वसन्त सापकोटाको संगीत छ । फिल्मका नृत्य निर्देशन रामजी लामिछाने हुन् भने सिनेमाटोग्राफी सञ्जय लामाको छ ।

प्रकाशित मिति: ४ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्