नेताले उडाए राज्यकाेषकाे ४ अर्ब (कस्ले कति ? सूचिसहित)


 


काठमाडाैं, मंसिर ४

२०६२/६३ पछि बनेका नौवटा लोकतान्त्रिक सरकारले करिब ४ अर्ब रुपैयाँ आर्थिक सहायता तथा औषधिउपचार खर्चका नाममा आफ्ना कार्यकर्तालाई वितरण गरेको पाइएको छ ।

सरकारबाट आर्थिक सहायता तथा औषधि उपचारका नाममा ठूलो रकम लिनेमा राजनीतिक दलका साधारण कार्यकर्तादेखि वरिष्ठ नेतासम्म छन्।

सरकारले भने प्रचलित नियम मिच्दै आफ्ना नेता तथा कार्यकर्तालाई रकम वितरण विरतण गर्दै आएको अाजकाे नागरिक दैनिकमा खबर छ।

कसले कति पैसा लिए ?

सुशील कोइराला उपचार १,८७,१७,९७४

केपी शर्मा ओली उपचार १,२६,३५,१३७

लोकेन्द्रबहादुर चन्द उपचार ५,००,०००

रामवरण यादव उपचार ७०,००,०००

देवेन्द्रराज कँडेल आर्थिक सहायता १५,८४,२८३

शयन्द्र वान्तवा आर्थिक सहायता ५,००,०००

पूर्णकुमारी सुवेदी छोराको उपचार ४०,००,०००

महेन्द्र यादव औषधि उपचार ७,८८,१६५

एकनाथ रानाभाट उपचार खर्च ५,७८,५६६

रामचरण चौधरी आर्थिक सहायता १०,००,०००

खुमबहादुर खड्का क्षतिपूर्ति २०,००,०००

खुमबहादुर खड्का (१० जना) आर्थिक सहायता ७७,००,०००

डा. तुलसी गिरी आर्थिक सहायता २०,००,०००

तप्तबहादुर विष्ट औषधि उपचार ४,३६,७१७

सहाना प्रधान औषधि उपचार ३१,८१,२६२

नरहरि आचार्य क्षतिपूर्ति ४,३४,७६७

शान्ता चौधरी औषधि उपचार ५,००,०००

रामप्रित पासवान आर्थिक सहायता ५,००,०००

प्रेमकिशोर साह तेली आर्थिक सहायता ५,००,०००

मेघराज निषाद आर्थिक सहायता ५,००,०००

चक्रप्रसाद बास्तोला उपचार, आर्थिक सहायता ५०,००,०००

परमानन्द झा श्रीमतीको उपचार ९,३०,११२

प्रेमकिशोर शाह (१५ जना) उपचार, आर्थिक सहायता ६०,००,०००

रामशरण महत उपचार २,८३,८९७

मोहन बहादुर खत्री औषधि उपचार २,६१,०००

गोविन्दराज जोशी उपचार २७,८०,०००

स्व. रामनाथ ढकाल उपचार १७,१८,४२१

संघसंगठन/अन्य

युवा तथा साना व्यवसायी स्वरोजगार सचिवालयका उपाध्यक्ष डा. प्रेम दंगाल – २३ लाख ६ हजार ८ सय ६४ रुपैयाँ

प्रगतिशील तथा पेसासत कानुन व्यवसायी संगठन – ५ लाख रुपैयाँ

सञ्जय पण्डित फाउनडेसन – २१ लाख रुपैयाँ

सामाजिक लोकतन्त्र अध्ययन केन्द्र – ५० लाख रुपैयाँ

आदित्य बराल – १ करोड ३६ लाख रुपैयाँ

नेपाल बार एसोसिएसनको अनिल नेपाल राष्ट्रिय कानुन व्यवसायी सम्मेलन, २०७१ – १० लाख रुपैयाँ

पूर्व सांसद मञ्च – ६० लाख रुपैयाँ

बिपी चिन्तन प्रतिष्ठान – २५ लाख रुपैयाँ

राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र – ३ लाख

कर्मचारीको आधिकारिक ट्रेड युनियन निर्वाचन – ५ करोड ३७ लाख २५ हजार रुपैयाँ

युवा संघ नेपाल – ७ लाख रुपैयाँ

गणेशमान सिंह फाउन्डेसन – १ करोड रुपैयाँ

नेपाल प्रजातन्त्र सेनानी संघ – ८ लाख

पूर्वसांसद मोहनबहादुर खत्री सहित २२ जनालाई – ९२ लाख ५० हजार रुपैयाँ

श्री कृष्ण द्धैपायन गुरुकुल वेद विद्याश्रम – ६३ लाख ५६ हजार ४ सय ३१ रुपैयाँ

तेजमा आलम – १० लाख रुपैयाँ

प्रणवी गौतम – २५ लाख रुपैयाँ

टेकनाथ रिजाल (भुटानी शरणार्थी नेता) – ३० लाख रुपैयाँ

रामकुमारप्रसाद शाह (पूर्व प्रधानन्यायाधीश) – ५० लाख ३९ हजार १ सय ७

प्रकाशित मिति: ४ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्