फेसबुक मार्फत दुर्व्यवहार गरेको आरोपमा महिला पक्राउ


 


काठमाडौं, जेठ २६ । सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्व्यवहार गरेको आरोपमा प्रहरीको साइबर ब्‍यूरोले स्याङ्जाबाट एक महिलाई पक्राउ गरेको छ ।

फेसबुक एकाउन्टमा अनधिकृत पहुँच बनाई अनलाइनमार्फत दुर्व्यवहार गरेको आरोपमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ गिनिजडाँडा बस्‍ने ४२ वर्षीया ज्ञानु थापालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतको आदेशले ७ दिन म्याद थप भई अनुसन्धान भइरहेकको नेपाल प्रहरीको साइबर ब्‍यूरोले जनाएको छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्