सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग


 


काठमाडौं, जेठ २८
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बैंकले सहयोग स्वरुप सेमी फोल्डिङ वेड, वील चेयर र आइभी स्टाण्ड प्रतिष्ठानलाई उपलब्ध गराएको हो ।

स्वास्थ्य प्रतिष्ठानको कार्यालय कोहलपुर–९, झण्डहवागाँउ, बाँकेमा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द्र बहादुर खड्कका साथ अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिहरुलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्