अब बैंकहरुले घरेलु उद्योगमा अनिवार्य लगानी गर्नुपर्ने



काठमाडाैं, मंसिर ५

सरकारले घरेलु तथा साना उद्योग प्रवर्धनका लागि बैंक तथा वित्तीय संस्थालाई यस क्षेत्रमा अनिवार्य लागनीको व्यवस्था गर्ने भएको छ ।

उद्योग मन्त्रालयले लघु, घरेलु तथा साना उद्योगको प्रवर्धनका लागि कुल लगानीको ३ प्रतिशत अनिवार्य लागानी गर्नुपर्ने व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ ।

अर्थको सकारात्कम संकेतपछि उद्योग मन्त्रालयले यसको औपचारिक प्रस्ताव गरेको आजको कारोबार दैनिकमा समाचार छ ।

बैंकहरुलाई कुन क्षेत्रमा कति लागनी गर्ने भन्ने समबन्धमा नेपाल राष्ट्र बैंकको नीति नै अन्तिम हुनेछ । अर्थ मन्त्रालयको निर्देशनपछि केन्द्रीय बैंकले लगानीको ३ प्रतिशत सम्बन्धी व्यवस्था कार्यान्वयकमा ल्याउनेछ ।

लुघ, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच बढाउन सरकारले बैंकहरुलाई लगानीको सीमा तोक्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News